आँखामा सही तरीकाले औषधि कसरी राख्ने?

- साबुन पानीले राम्ररी हात धुने।

- टाउकोलाई पछाडि ढल्काउने अथवा पल्टीने। 

- एक हातको औलाले आँखाको  तत्लो भागलाई  हल्का तल तानेर औषधि थोपा हाल्नका लागि  ठाउँ बनाउने। 

- अर्को हातले औषधिको बोतल लिने  र बोतलको टुप्पोलाई आँखा नजिक लाने (टुप्पोले आँखामा नछुवाउनु होस)

- बोतललाई बिस्तारै थिचेर औषधिको थोपालाई आँखाको तल्लो भाग तानेर बनाएको ठाउामा लगाउने। 

- आँखालाई दुईतीन मिनेटसम्म बन्द राखेर भुईतिर निहुरिने (आँखालाई बिस्तारै बन्द गर्नुहोला)

- आँखाको भित्री कुनालाई बिस्तारै  थिच्ने।

- आँखा बाहिर परेको  औषधिलाई  सफा कपडाले  पुछ्ने। 

- एक भन्दा बढी औषधि आँखामा लगाउनु परेमा  पहिलो औषधि प्रयोग गरेको  ५ मिनेटपछि  मात्र  दोस्रो  औषधि प्रयोग गर्ने। 

- प्रयोग पछि  बोतलाई  राम्ररी बन्द गर्ने (बोतलको टुप्पोलाई  धुने वा छुने गर्नु हुँदैन) 

- औषधि प्रयोग गरेपछि हात राम्ररी धुने। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै