खाद्य संस्थान नै बेच्छ कुहिएका चामल, संसदीय समिति मुकदर्शक

संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको टोली पुग्दा आइतवार बिहान थापाथलीस्थित खाद्य गोदाममा चामल किन्नेको सानो भीड थियो ।

नेपाल खाद्य संस्थान (जसलाई हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नामाकरण गरिएको छ) मा टोलीले अनुगमन थाल्यो ।

विभिन्न खाद्य सामग्री अनुगमन गर्दै टोली खाद्यको गोदाममा छिर्यो । गोदाममा चामलका वोरा यत्रतत्र छरिएका थिए । कुनै बोरामा मुसाले दुला पारेका, कुनैको मुख नै खुल्ला ।

टोलीले अनुगमनका क्रममा ४ सय ८७ क्वीन्टल कुहिएको वासमती चामल भेट्यो ।

र ती चामल थिए, चार वर्ष पुरानो र उपभोग्य मिति समेत नभएका । जापान सरकारले अनुदानमा दिएको टाइचिन चामलमा उत्पादन मिति लेखिए पनि उपभोग्य मिति नै भेटिएन । सिमीको दालमा लेवल भेटिएन भने बास्मती चामलमा त हातले लेवल लेखिएका छन् ।

अनुगमनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति विमल श्रीवास्तवसहित ४ जना सांसद, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग र उपभोक्ता अधिकारकर्मीहरु सहभागी छन् ।

सरकारी स्वामित्वकै गोदाममा अखाद्य वस्तु भेटिएपछि संसदीय समितिका पदाधिकारी के गर्ने भनेर यतिवेला लामो छलफलमा जुटेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै