बम विस्फोटमा मारिएकाका परिवारलाई प्रति मृतक ३ लाख दिने

प्रदेश–२ सरकारले धनुषाको महेन्द्रनगरमा गत साता भएको बम बिस्फोटका मृतक परिवारलाई प्रति मृतक ३–३ लाख रुपैया उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषदको बैठकले प्रतिमृतक ३–३ लाख र घाइतेहरुको उपचारका लागि प्रतिघाइते डेढ– डेढ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

घटनाको भोलिपल्ट स्थलगत निरीक्षणमा पुगेका मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारलाई राहत र घाइते हरुलाई उपचार खर्च प्रदेश सरकारले उपलब्ध गराउने घोषणा गरेका थिए ।

बम विस्फोटनमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, औषधि व्यवसायी ४६ वर्षीय राजेश्वर साह र उनका छोरा आनन्द साह रहेका छन् ।

सो घटनामा साह बाबुछोराको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू विप्लव नेकपासँग आवद्ध रहेको बताइएको छ ।

पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षीय सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीय ललिता महरा र रामसोभित गाहा रहेका छन् । पक्राउ परेका ३ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै