लक्ष्मी बैंक र सेल पेबीच सम्झौता

लक्ष्मी बैंक र सेल पे बीच सम्झौता भएको छ । लक्ष्मी बैंकका ग्राहकहरुले सेल पेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै १ सयको मोबाइल रिचार्ज (टप–अप) पाउने, सेल पेमार्फत विभिन्न भुक्तानीहरु गर्दा  लोयल्टी पोईन्ट गरी सम्झौता भएको हो ।

सहकार्य सम्झौतामा बैंकका प्रमुख प्राविधिक अधिकृत जीवनप्रकाश लिम्बु र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे ।

ग्राहकहरुले सेल पेमा आवद्ध भई लक्ष्मी बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् ।

यस्तै, सेल पे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी पनि गर्न सकिने जनाइएको छ ।

सेल पेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।

यसमार्फत मोबाइलको टप–अप, बिजुली, खानेपानी, इन्टरनेट लगायतको बिल भुक्तानी गर्न सकिन्छ ।

यस्तै, सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले १ सय २० शाखा र १ सय ४५ एटीएमहरु मार्फत सेवा दिंदै आइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै