साताको सेयर बजार : झण्डै तीन अर्बको कारोबार

धितोपत्र बजारमा यस साता सेयर कारोवार मापक नेप्से परिसूचक घट्दो क्रममा रह्यो । साताभर कूल १७५ कम्पनीको सेयर कारोबार भयो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ८५ लाख ९५ हजार ५३१ कित्ता सेयर दुई अर्ब ८१ करोड ८८ लाख ९२ हजार ६९० मूल्यमा खरिदबिक्री भए ।

साताको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भयो । कूल १६७ कम्पनीका १४ लाख ८८ हजार ३०४ कित्ता सेयर ३७ करोड ४४ लाख ६६ हजार ४६५ मूल्यमा खरिद–बिक्री भए । सोमबार नेप्से १७.७७ विन्दुले बढेर एक हजार १६८.५८ मा पुग्यो । कूल १७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता सेयर ५९ करोड ५७ लाख ६४ हजार ५४४ बराबरको कारोबार भए ।

मङ्गलबार भने नेप्से पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार १६६.२१ मा पुग्यो । कूल १७१ कम्पनीको २० लाख २९ हजार ८१५ कित्ता सेयर ७२ करोड १६ लाख ४२ हजार ९६५ मूल्यमा खरिदबिक्री भए ।

बुधबार नेप्से १.८२ अङ्कले बढेर ११६८.०३ मा पुग्यो । कूल १७५ कम्पनीको १६ लाख ८१ हजार ८३८ कित्ता सेयर ५३ करोड ८३ लाख ४० हजार ८२९ रुपैयाँमा कारोबार भए ।

बिहीबार नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से आरोलो लागे पनि कारोबार रकम भने औसतमा रह्यो । कूल १७२ कम्पनीको कूल १६ लाख ४१ हजार २११ कित्ता सेयर ५८ करोड ८६ लाख ७७ हजार ८८७ मूल्यमा काराेबार भए ।

साताभर विभिन्न चार कम्पनीको सेयर नेप्सेमा सूचीकृत भए । त्यसमा कामना सेवा विकास बैंकको तीन लाख ७५ हजार ३९८ कित्ता सेयर लाभांश, कुमारी बैंकको ८६ लाख ८५ हजार ५७३ कित्ता सेयर लाभांश, सिटिजन बैंकको २५ लाख ११ हजार ३१९ कित्ता सेयर लाभांश र एभरेष्ट बैंकको परिवर्तित सेयर कूल चार लाख कित्ता सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै