गाई फार्ममा प्रविधिको उच्चतम् प्रयोग गर्दै चीन
दूध उत्पादनमा विश्वमै तेस्रो स्थानमा रहेको चीनले गाई फार्ममा उच्चतम् प्रविधिको प्रयोग गरेको छ । दूध उत्पादनमा अग्रस्थानमा भारत र दोस्रोमा अमेरिकापछि चीन तेस्रो स्थानमा छ ।
विश्वकै प्रविधिको विकास गरेर चमत्कार गरेको चीनले कृषि क्षेत्रमा विस्तारलाई पनि प्रथामिकता दिएको छ । यसको उदाहरण हो –चीनको खबे प्रान्तमा सञ्चालित जुन्लेवाओ डेरी उद्योग तथा गाई फार्म । यो फार्ममा ५ हजार ५ सय दुधालु गाईपालन गरिएको छ ।
प्रत्येक दिने गाइले दैनिक ३० लिटर दूध दिने गरेका छन् । गाई फार्ममा दूध दुहुने, दाना खुवाउने, गाईलाई नुहाउनेदेखिका सबै काम एक पछि अर्को गर्दै प्रविधिमार्फत नै गराउन थालिएको छ ।
मावन स्रोतको परिचालन प्राविधिक कमजोरीका लागि मात्रै उपयोग गर्ने गरिएको छ । फार्म अवलोकनका लागि पुगेको नेपाली टोली समक्ष डेरीका कर्मचारीले निकट भविष्यमा रोवर्टको माध्यमबाट गाईको हेरचाह गरिने जानकारी दिए ।
प्रतिकृया दिनुहोस