पहिलो हाफमा ८ गोल खाएको टिम दोस्रो हाफमा मैदानमै नआएपछि...

कुनै पनि खेलमा विपक्षी टिमभन्दा आफ्नो टिमले ठूलो अग्रता बनायो भने पक्कै पनि उत्साहित भइन्छ ।

फुटबलमा पहिलो हाफमा नै ठूलो अन्तरको अग्रता बनायो भने दोस्रो हाफमा त्यसलाई कायम राख्दै जित हात पार्ने प्रबल सम्भावना रहन्छ । तर कल्पना गर्नुस् त पहिलो हाफमा पछि परेको प्रतिद्वन्द्वी दोस्रो हाफमा खेल्न मैदान नै आएन भने के हुन्छ ?

हो यस्तै भएको छ, इंग्ल्यान्डमा । इंग्ल्याण्डको स्थानीय हेलेनिक फुटबल लिग अन्तर्गत शनिबारराति भएको एबिङ्गडन डर्बीमा एउटा टिमले पहिलो हाफमा नै ८–० ले पछि परेपछि दोस्रो हाफ खेल्न मानेन । पहिलो हाफमा एबिङ्गटन टाउनले एबिङ्गटन युनाइटेडविरुद्ध दोस्रो हाफ खेल्न अस्वीकार गरेको हो ।

पहिलो हाफमै ८ गोल खाएर हत्तोसाहित भएको एबिङ्टन टाउन मध्यान्तरपछिको खेलमा मैदान आएर र घर फर्कियो ।

डर्बीमा ८ गोल खाएर निराश भएका टाउनका समर्थक आफ्नो टिम दोस्रो हाफमा मैदानमा आउन डराएपछि थप निरास बनेका थिए । हेलेनिक लिग डिभिजन वान इस्टको पुछारमा रहेको एबिङ्टन टाउनले लिगको दोस्रो स्थानमा रहेको युनाइटेडसँग प्रतिस्पर्धा गरेको हो ।

जारी सिजनमा हालम्म दुई खेलमात्रै जित निकालेको एबिङ्गटन टाउनले ४ मिनेटदेखि गोल खान सुरु गरेको थियो । पहिलो हाफको २५ मिनेटभित्र उसले ४ गोल खाएको थियो ।

पहिलो हाफको अन्तिम १५ मिनेटमा उसले थप ४ गोल खान पुग्यो । यो इंग्लिस फुटबलको १० औं तहको लिग हो ।
युनाइटेडका सचिव जोन ब्ल्याकमोरले भने, ‘मैले मेरो ३० वर्षे फुटबल करिअरमा यस्तो घटना कहिल्यै देखेको थिइनँ ।’

हेलेनिक लिगले घटनाको समीक्षा गर्ने र केही कारवाही गर्नु पर्ने देखिएमा गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै