पुछारको नर्विचसँग बराबरीमा रोकियो टोटनह्याम

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले खराब नतिजा कायम राखेको छ । गएराति भएको खेलमा जोसे मोरिन्होको टिम टोटनह्याम लिगको पुछारमा रहेको नर्विच सिटीसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

अवे मैदानमा भएको खेलमा दुई पटक पछि परेर पनि टोटनह्याम हारबाट जोगियो । मारियो भ्रान्सिचले खेलको १८ औं मिनेटमा गोल गर्दै नर्विचलाई सुरुवाती अग्रता दिलाए । टोटनह्यामका लागि क्रिष्टियन एरिक्सनले ५५ औं मिनेटमा बराबरी गोल फर्काए ।

तर ६१ औँ मिनेटमा टोटनह्यामका सर्जो ओरिएरले आत्मघाती गोल गरेपछि टोटनह्याम पुनः २–१ ले पछि परेको थियो । तर ८३ औं मिनेटमा पाएको पेनाल्टीमा ह्यारी केनले गोल गरेपछि खेल पुनः बराबरीमा आयो ।

बराबरीपछि छैटौँ स्थानको टोटनह्यामको २० खेलबाट ३० अंक भएको छ । पुछारको नर्विच सिटीको २० खेलबाट १३ अंक रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै