म्यान्चेस्टर युनाइटेड प्रिमियर लिगको पाँचौ स्थानमा उक्लियो

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा पाँर्चौ स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बर्नलीमाथि २–० को जित निकालेको म्यान्चेस्टर युनाइटेले चौथो स्थानमा रहेको चेल्सीसँगको अंक दुरी १ मा झारेको छ ।

यो जितसँगै युनाइटेडले शीर्ष चारमा रहेर लिग सकाउने सम्भावना बलियो बनाएको छ ।

बर्नलीको मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गरेको हो । उसका लागि ४४ औं मिनेटमा एन्थोनी मार्सलले गोल गर्दैै सुरुवाती अग्रता दिलाए ।

मार्कस राशफोर्डले ९५ औं मिनेटमा गोल गरेपछि युनाइटेड २–० ले विजयी भयो । जितपछि पाँचौँ स्थानको युनाइटेडको २० खेलबाट ३१ अंक भएको छ । एक खेल कम खेलेको चौथो स्थानको चेल्सीको ३२ अंक छ । २० खेलबाट २४ अंकसहित बर्नली १३ औँ स्थानमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै