१ फागुनमा ज्योति फिल्म्स म्युजिक अवार्ड

ज्योति फिल्म्स प्रोडक्सनले गीत र कलाकारको प्रोत्साहनका लागि आगामी १ फागुनमा  ‘ज्योति फिल्म्स म्युजिक अवार्ड’ कार्यक्रम गर्न लागेको छ  ।

१ वैशाख २०७५ देखि २० पुससम्म बजारमा आएका गीतसंगीतसँग सम्बद्ध ६० विधामा उत्कृष्ट हुनेलाई सम्मान दिन लागिएको हो ।

स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिने आयोजक प्रोडक्सनका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिए ।

आयोजकका अनुसार मनोनयनका लागि आवेदन फर्म खुला भइसकेको र पुस मसान्तसम्म फर्म भरिसक्न सबै सरोकार पक्षलाई आह्वान गरिएको छ  । सम्मान कार्यक्रममा दुई सञ्चारकर्मीलाई सम्मान गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै