अभिनेत्री विनिता बराललाई पुत्रीलाभ

नेपाली चलचित्रकी कुनै समयकी चर्चित नायिका बिनिता बराल आमा बनेकी छिन् । अमेरिकामा बस्दै आएकी बिनिताले छोरी जन्माएकी छन् । गत जेठमा तिलक पौडेलसँग विवाह बन्धनमा वाँधिएकी नायिकाले छोरीलाई क्रिसमसको सुन्दर उपहार भएको वताएकी छन् ।

सामाजिक सञ्जालमार्फत छोरी जन्मिएको सार्वजनिक गरेकी विनिता कुनैवेला काठमाडौंको टोखामा तरकारी खेती गर्थिन । तरकारी खेती छाडेर अध्ययनका लागि बिदेशिएकी उनले बिदेशमै सन्तनलाभ गरेकी हुन् ।

छेरी वोकेको फोटो सार्वजनिक गर्दै उनले लेखेकी छन् ‘सबैभन्दा राम्रो क्रिसमस उपहार ।’ तिलक र विनिताले तीन वर्ष लामो प्रेम सम्बन्धलाई गत जेठमा मात्र विवाहमा रुपान्तरण गरेका थिए । अभिनेत्रीले छोरीको नाम ‘काया’ राखिएको बताएकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै