२०१९ मा अमेरिकामा सामूहिक हत्या सबैभन्दा बढी

अमेरिकाको इतिहासमै सन् २०१९ मा सबैभन्दा बढी सामूहिक हत्याकाण्डका घटनाहरू भएको एक अनुसन्धानले देखाएको छ ।

एसोसिएटेड प्रेस, यूएसए टुडे र नर्थइस्टर्न युनिभर्सिटीले संकलन गरेको तथ्यांकमा अमेरिकामा यो वर्ष ४१ वटा घटनामा २ सय ११ जनाले ज्यान गुमाएको जनाइएको छ ।

सामूहिक हत्याकाण्ड भनेर आरोपीबाहेक एउटै घटनामा चार वा सोभन्दा बढी व्यक्ति मारिएको घटनालाई लिइएको थियो ।

सन् २०१९ को मे महिनामा भर्जिनियाको तटमा भएको सामूहिक हत्याकाण्डमा १२ जनाले ज्यान गुमाएका थिए भने अगस्टमा एल पासोमा २२ जनाले ज्यान गुमाएका थिए ।

यस वर्ष भएका ४१ घटनामध्ये ३३ मा बन्दुकको प्रयोग भएको थियो । यस तथ्यांकमा सन् २००६ देखिको सामूहिक हत्याकाण्डका तथ्यांकहरू समावेश गरिएको छ ।

सन् २०१९ पछि सबैभन्दा बढी सामूहिक हत्याकाण्डका घटना सन् २००६ मा भएको थियो । त्यतिबेला ३८ वटा त्यस्ता घटनाहरू भएका थिए ।

सन् २०१९ मा सबैभन्दा धेरै घटनाहरू भए पनि सन् २०१७ मा सबैभन्दा बढी २ सय २४ जनाले ज्यान गुमाएका थिए । सो वर्ष लस भेगासको महोत्सवमा भएको गोलाबारीको एउटै घटनामा ५९ जनाले ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै