सोमालियामा कारबम विस्फोटमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

सोमालियाको राजधानी मोगादिसुमा शनिबार बिहान भएको कारबम विस्फोटमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

सो विस्फोट राजधानीको व्यस्त सडकमा रहेको चेकपोस्टमा भएको थियो।

मदिना अस्पतालका निर्देशक डा.मोहम्मद युसुफले आफूहरुले मृत्यु भएका ७३ जनाको शब बुझेको जानकारी दिएका छन् । ‘अहिलेसम्म हामीले ७३ जना मृत मानिसलाई लगेका छौं,’ आमिन एम्बुलेन्स सेवाका अब्दिकादिर अब्दिरहमान हाजी आदेनले भने ।

विस्फोटको जिम्मा हालसम्म कुनै समूहले लिएको छैन । सोमालियामा यसअघि यस्ता आक्रमण अल–शबाब विद्रोही समूहले गर्दै आएको थियो ।

अल–कायदासँग सम्बन्धित अल–शबाबले १० वर्षदेखि सोमालियमा विद्रोह गरिरहेको छ । सन् २०११ मा राजधानीबाट धपाइएको भए पनि अन्य केही भागमा यसको नियन्त्रण कायम छ । प्रत्यक्षदर्शीहरूले घटनास्थलमा रक्तपात भएको बताएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै