फिजीमा आँधी : २५ सयलाई आश्रयस्थलको आवश्यकता

फिजीमा आइतबार आएको भीषण आँधीको कारण दुई जनाको मृत्यु भएको छ । ‘सरै’ नाम दिइएको यस आँधीका कारण २५ सय भन्दा बढीलाई आश्रयस्थलको आवश्यकता परेको जनाइएको छ ।

यस आँधीमा परेकाहरूलाई आपत्कालीन आश्रयस्थलको आवश्यकता परेको अधिकारीहरूले जनाएका छन् । यस आँधीबाट घरहरू भत्किनुका साथै वालीनाली र रुखहरू ढलेका छन् । त्यसैगरी विद्युत सेवा अवरुद्ध भएको छ, भने दर्जनौ उडान रद्द भएका छन् ।

पर्यटकीय मौसमको बेला यस्तो घटना भएकाले धेरै पर्यटकहरू मर्कामा परेको अधिकारीहरूले जानकारी दिएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका निर्देशक भासिती साकोले १८ वर्षीय एक जना विद्यार्थीको काडाभुमा मृत्यु भएको बताए ।

‘भीषण आँधीको कारण ती व्यक्तिको मृत्यु भएको बताइएको छ, मृत्यु भएका व्यक्ति चक्रवात आएको बेलामा साथीहरूसँग पौडी खेल्दै गरेको बताइएको छ ।

अर्का झण्डै ४० वर्षका व्यक्तिको पनि शव भेटिएको छ । भिटीलेभु भन्ने ठाउँमा नदी तर्न लागेको बेलामा ती व्यक्तिको चक्रवातमा परी मृत्यु भएको अनुमान गरिएको निर्देशक भासितीको भनाइ छ ।

आँधीका कारण अवरुद्ध भएको विद्युत सेवा सुचारु हुन अझै एक हप्ता लाग्न सक्ने अनुमान गरिएको अधिकारीहरूले बताएका छन् । सारै नाम चक्रवात प्रतिघण्टा १ सय ५० प्रतिकिलोमिटरको गतिमा आएको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै